काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोले सञ्चालक सिग्देलले क्लबको प्रशंशा गर्नुभयो ।
लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशव वहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिती रहेको थियो ।
एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालक छन् । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
सहारा क्लबलाई लुम्बिनी बिकास बैंकको आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता३ माघ, २०७८
३ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन