News Portal

  • मलेसियाबाट वल्र्ड रेमिटमार्फत सिधै एनआईसी बैंकमा पैसा पठाउन सकिने

    आर्थीकसंसार संवाददाता२ माघ, २०७८
    १०१० पटक
    २ माघ, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंक र वल्र्ड रेमिटबीच नयाँ सम्झौता भएको छ । बैंक र वल्र्ड रेमिटबीच मलेसियाबाट नेपालमा जुनसुकै बैंक खातामा तुरुन्त रकम पठाउन सकिने सम्झौता भएको हो ।
    यसबाट मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वल्र्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् ।
    यसबाहेक विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद लिन सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।
    वल्र्ड रेमिट एपका अलावा यसको वेबसाइटमा लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्