News Portal

  • ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता७ पुष, २०७८
    ७०८ पटक
    ७ पुष, २०७८

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रदेश नं १, २ र ५ अन्तर्गत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । पौष २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरीया शाखा र प्रदेश नं ५ को रामपुर शाखाबाट कार्यक्रम शुरुवात गरिएको कम्पनीले जनाएको छ ।
    कार्यक्रममा प्रत्येक शाखामा उत्कृष्ट केन्द्र सञ्चालन गर्ने ७ वटा केन्द्र प्रमुखहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वित्तीय संस्थाबाट कर्जा लिई व्यावसाय सञ्चालन गर्दै सफल भएका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
    कार्यक्रममा बचत के हो ? कर्जा सदुपयोग कसरी गर्ने ? पारिवारिक बजेट कसरी बनाउने ? बैंक वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्दा के फाइदा हुन्छ ? नोट किन सफा राख्नुपर्छ भन्ने जस्ता विषयमा स्थानीय भाषामा प्रस्तुतिकरण गरिएको संस्थाले जनाएको छ ।
    उक्त कार्यक्रममा संस्थाका प्रबन्धक दिवसराज ओली, अनुगमन अधिकृत सिताराम महतो तथा प्रकाश लामिछानेले सहजीकरण गरेका थिए प्रत्येक शाखाहरुमा कम्तिमा ६५ जना सदस्यहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्