काठमाडौं । लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (प्याफ)मा सामेल भएको छ । बैंकले दिगो वातावरणप्रतिको प्रतिवद्धतालाई निरन्तरता दिँदै कार्बन अकाउन्टिङ फाइनान्सियल्समा सामेल भएको हो ।
प्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभ ले पनि प्याफको विधिलाई वित्तीय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।
सो साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनके माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेको बैंकले जनाएको छ ।
‘हाम्रो व्यवसायबाट हुने वित्तीय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ’, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने ‘प्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ, । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवद्र्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौं ।’
लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश
आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
२८ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान