News Portal

  • सिटिजन्स बैंकका ग्राहकले ब्ल्याक बर्ड रेष्टुरेन्टमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
    १४४० पटक
    २६ कार्तिक, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    समझदारीपत्रमा हस्ताक्षर भएपछि सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्ल्याक बर्डको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
    हालसम्म बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ११२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्