News Portal

  • ग्लोबल आइएमई बैंकको २८२औं नयाँ शाखा मंगलबजारमा सञ्चालन

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७८
    १०४५ पटक
    ७ कार्तिक, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आईतबारदेखि २८२औं शाखाको रुपमा मंगलबजार शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
    बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिएको जनाएको छ ।
    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्