आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७८
४ कार्तिक, २०७८काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ नं. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।