आर्थीकसंसार संवाददाता११ असोज, २०७८
११ असोज, २०७८काठमाडौं । मोरङ्गको रतुवामाई नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा कार्यालयको उद्घाटन भएको छ ।
रतुवामाई नगरपालिका–१० नयाँ बजारस्थित नवनिर्मित भवनबाट बैंकले नयाँ शाखाको सुरुवात गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उक्त शाखाको उद्घाटन गरेका थिए ।
यस शाखामार्फत बैंकले सम्पूर्ण सेवा दिने बैंकका सञ्चालक समितिका अध्यक्ष निरौला जानकारी दिए । उनले बैंक नुनदेखि सुनसम्मको कारोबार गर्ने भएकाले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकारसमक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको पनि बताए ।