News Portal

  • ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१ असोज, २०७८
    १५३९ पटक
    १ असोज, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता भएको छ । बैंक र संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गरेका छन् ।
    नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।
    सम्झौताअनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्दार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्