News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकले पायो डीपी लाइसेन्स

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७८
    १९९४ पटक
    ३० भदौ, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डीपी लाइसेन्स पाएको छ । बैंक र सिडिएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ९६ वटै शाखा कार्यालयहरुमार्फत यथासक्य चाँडो निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्नेछ ।
    सिडिएससीको कार्यालयमा एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सिडिएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हाल सिडिएससीबाट ७९ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्यसम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्