News Portal

  • आँधीखोला लघुवित्तद्वारा फिल्ड व्यवस्थापन तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७८
    २६३४ पटक
    ३० भदौ, २०७८

    काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धित तालिम दिएको छ । लघुवित्तले विभिन्न शाखामा कार्यरत २० जनाभन्दा बढी कर्मचारीलाई फिल्ड व्यवस्थापनसम्बन्धी तालिम दिएको संस्थाले जनाएको छ । तालिममा विभागीय प्रमुखहरुले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
    संस्थाले कोरोनाका कारण बैंकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोबल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा तालिममा सिकाएको छ ।
    आँधीखोला लघुवित्तका अध्यक्ष तथा एमएनएका कोषाध्यक्ष केसीले समेत कर्मचारीहरुलाई अत्यन्तै सजग भई काम गर्नका लागि कर्मचारीलाई उत्प्रेरित गरेका थिए । त्यसैगरी पव्लिक सञ्चालक विधा श्रेष्ठले फिल्ड कर्मचारी संस्थाको मेरुदण्डको रुपमा रहने विचार ब्यक्त गर्दे, संस्थाका राम्रा कुराहरुलाई बजारीकरण गर्नु आजको अपरिहार्यता रहेको धारणा व्यक्त गरिन् ।
    आँधीखोला लघुवित्तका अध्यक्ष तथा एमएनएका कोषाध्यक्ष नरेश केसी, नायव प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरले कर्मचारीहरु भनेको संस्थाका गहना भएको र संस्थाको छवि उचो वनाउनका लागि सदैव असल कर्मचारीको आवश्यकता रहने कुरालाई जोड दिँदै, वर्तमान अवस्थामा सदस्यसँगको असल सम्बन्धको कारणले नै संस्थाले गति लिने भएकाले संस्थाका नीति नियमहरुको अध्ययन गरी सोहीअनुरुप कार्यक्षेत्रमा लागु गर्नका लागि तालिममा सहभागीलाई निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस्