काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गर्ने भएको हो ।
बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँको ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।
बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पूर्ण आवेदन नपरेमा साउन ३२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ब्याज कति दिन्छ ?
आर्थीकसंसार संवाददाता१० साउन, २०८०
१० साउन, २०८० - सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम