![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाण्डौ । एनआईसी एशिया बैंकले भाइबर बैंकिङ्ग सेवा सुरु गरेकाे छ । बैंककाे अनुसार यसबाट बैंकको हरेक सेवाका बारेमा घरमै बसेर थाहा पाउन र सेवा लिन सकिनेछ ।
भाइबर बैंकिङ्ग सेवा लिन आफ्नो मोबाइलको भाइबरमा एन आई सी एशिया बैंकको भाइबर सेवामा जोडिनुपर्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसार यस सेवाबाट बैंकका अधिकांस सेवाका साथै आफ्नो अकाउन्टको बारेमा जानकारी लिन र मिनी बैंक स्टेटमेन्ट निकाल्न समेत सकिने छ ।
त्यस्तै, यस सेवाबाट खातासँग सम्बन्धित विभिन्न सेवाहरु रजिष्ट्रर गर्नुकाे साथै बैंकका शाखाहरु र एटीएमहरु कहाँ कहाँ छन् भनेर लिष्ट हेर्न सकिनेछ । बैंक शाखा तथा एक्सटेन्डेड शाखाहरुले दिने सेवा समयको बारेमा पनि यहाँबाट थाहा पाउन सकिने बैंकले जनाएकाे छ ।
साथसाथै, बैंकले समय समयमा दिने विभिन्न सूचनाहरु र त्यत्तिमात्र नभएर विदेशी मुद्राको विनिमय दर, बैंकका विभिन्न प्रोडक्टहरुका बारेमा पनि यहाँबाट जानकारी लिन सकिनेछ । बैंकका चालू स्किमहरु र विभिन्न प्रमोसनहरु पनि भाइबर बैंकिङ्गमा उपलब्ध रहेकाे बैंकले जनाएकाे छ ।
एनआईसी एशिया बैंकको भाइबर सेवा लिन ग्राहकले बैंकको मोबाइल एप (मोबैंक) प्रयोग गरेको हुनुपर्छ । मोबाइल एपमा प्रयोग भएको नम्बर नै भाइबर सेवामा प्रयोग गरेर भाइबर सेवा सुरु गरेपछि एनआईसी एशिया बैंकको भाइबर बैंकिङ्ग सेवा लिन दर्ता प्रकृया पुरा गर्नुपर्ने बैंकले जनाएकाे छ ।