News Portal

  • ५ करोडसम्मका ऋणीलाई राहत, ठूला ऋणी निगरानीमा

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ५७० पटक
    ६ साउन, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिन नीति मार्फत ५ करोडसम्मका ऋणिलाई केही राहात दिएको छ । तर ठूला ऋणिहरुलाई भने थप निगरानी गरिने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
    बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु.५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनेछ, गभर्नर अधिकारीमा मौद्रिक नीति सार्वजनिक गर्दै भने ।
    त्यस्तै, उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने भएको छ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने उनले बतए ।
    तर उनले ठूला ऋणिहरुमाथि राष्ट्र बैंकको निगरानी बढाइने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न लार्ज एक्पोजर फ्रेमवर्क तयार गरिनेछ । साथै, ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाइनेछ । विद्यमान एकल ग्राहक कर्जासम्बन्धी सीमालाई पुनरावलोकन गरिनेछ’ उनले भने ।
    ठूला ऋणिलाई पनि सुविधाका प्याकेज रहेको अधिकारीले बताए । ‘निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाइने’ उनले बताए ।

    प्रतिकृया दिनुहोस्