
काठमाडौं । घर जग्गा कारोबारीलाई नयाँ मौद्रिक नीतिले झड्का दिएको छ । अब बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्याकामा धितो मूल्यको ३० प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था गरिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले घर÷जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।
यसअघि काठमाडौं उपत्यकामा मूल्यको ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइन्थ्यो । त्यस्तै, राजधानी बाहिर फेयर मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्थ्यो । दुबै क्षेत्रमा प्रवाह हुने कर्जा फेयर मूल्यमा १० प्रतिशत सीमा घटाइएको छ ।
यसले घरजग्गामा जाने कर्जा घट्ने नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा धेरै कर्जा जाँदा घरजग्गा कारोबारी मौलाएको तर यसले अर्थतन्त्रमा भ्यालु एड नगरेको बताउँदै आएको छ ।