News Portal

  • गृहपृष्ठ राजनीति, राष्ट्रिय, समाचार

    सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमाले निर्णय

    नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई...बाँकी

    रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार...बाँकी

    प्रचण्डजीले धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै...बाँकी

    रवि लामिछानेको मन्त्री र सांसद पद खारेज

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनको सांसद पद खारेज भएको हो ।...बाँकी

    इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

    काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा...बाँकी

    उपसभामुख निर्वाचन माघ ७ मा हुने

    काठमाडौँ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् । उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई...बाँकी

    एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ...बाँकी

    मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीहरूले लिए शपथ

    काठमाडौं । मंगलबरा नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा जलस्रोत र सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई आज दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर...बाँकी

    गण्डकीमा मन्त्रीको आकांक्षी गाहालाई अधिकारीले बनाए प्रमुख सचेतक

    पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलको प्रमुख सोतकमा रोशन गाहा मगर नियुक्त भएका छन् । मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत लिने अघिल्लो दिन गाहालाई प्रमुख सचेतक चयन गरेका हुन्...बाँकी

    लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गाेपनीयताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् । लगत्तै शेरचनले...बाँकी