आर्थीकसंसार संवाददाता२६ पुष, २०८०

काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.११ प्रतिशतदेखि अधिकतम ६.११ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि पुसमा सोही खातामा ५.५१ प्रतिशतदेखि अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ न्यूनतम ६.११ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
बैंकले कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत तोकेको छ । बैंकको आधार दर १०.६६ प्रतिशत र स्प्रेड दर ४.२ प्रतिशत रहेको छ ।