News Portal

  • कुमारी बैंकले १५ लाख कित्ता सेयर बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०८०
    १७२ पटक
    १२ जेठ, २०८०

    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको झण्डै १५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
    साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको झण्डै १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
    बैंकले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सो सेयरमा जेठ १९ गतेसम्म आवेदन पेश गर्नु पर्ने बैंकले बताएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्