News Portal

  • नबिल बैंकले शाखा सञ्चालन गर्न ९ ठाउँमा भवन भाडामा लिँदै

    आर्थीकसंसार संवाददाता१७ बैशाख, २०८०
    ३३९ पटक
    १७ बैशाख, २०८०

    काठमाडौं । नबिल बैंकले शाखा कार्यालय सञ्चालनका लागि विभिन्न ९ स्थानमा भवन भाडामा लिने भएको छ । बैंकले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा लिने जनाएको छ ।
    बैंकले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ भङ्गाल र वडा नम्बर ३ बुढानीलकण्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर २९को पुतलीसडक, वडा नम्बर २६ सामाखुसी कपुरधारा, वडा नम्बर १३ स्थित बाफल चोक, वडा नम्बर ३१ स्थित शान्तिनगरमा शाखा सञ्चालन गर्न भवन भाडामा लिने भएको हो । यस्तै, ललितपुर महानगरपालिका ९को च्यासल, ४ को भनिमण्डल र बागडोल क्षेत्रमा शाखा सञ्चालनका लागि भवन भाडामा लिने भएको हो ।
    बैंकले प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालानार्थ भूई तल्ला वा पहिलो तल्लाको १ हजारदेखि १ हजार ५ सय वर्ग फिट क्षेत्रफल भएको हुनुपर्नेछ । भवन भाडामा उपलब्ध गराउन ईच्छुक घरधनीहरुले बैशाख २४ गतेभित्र शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।
    भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित कम्तिमा ६ मिटर चौडाईको मोटर बाटो, सडक विस्तार योजनामा नपरेको, भूकम्प प्रतिरोधात्मक हुनुपर्नेछ । साथै, भवनको भूईं तल्लामा एटिएम तथा जेनेरेटर राख्नको लागि स्थान उपलब्ध गराउनु पर्नेछ । शाखा कार्यालय संचालानार्थ कम्तिमा १५ बर्षको लागि भवन उपलब्ध गराउनु पर्ने बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्