News Portal

  • संयुक्त क्यालेण्डर सार्वजनिक गर्दै महालक्ष्मी–प्रभुका सिईओले भनेः छिट्टै मर्जर हुन्छ

    आर्थीकसंसार संवाददाता१४ चैत, २०७९
    ३०० पटक
    १४ चैत, २०७९

    काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।
    नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्रभित्र ५०० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएको थियो ।
    २०७९ असार ३० गते मर्जर सम्झौता गरेका दुवै कम्पनीको भारतिय बीमांङ्कीबाट मुल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार ढिलो हुन गएको हो ।
    मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेको बताएका छन् ।
    क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमारलाल, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको पनि उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्