News Portal

  • कुमारी बैंकले साढे ६१ हजार कित्ता सेयर बेच्दै, मूल्य कति ?

    आर्थीकसंसार संवाददाता१४ चैत, २०७९
    २२० पटक
    १४ चैत, २०७९

    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
    बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम हुने बैंकले जनाएको छ । बैंकको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
    यदि तोकिएको अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्