News Portal

  • प्राइम बैंकले धितोमा रहेको घरजग्गा र ५ वटा सवारी बेच्दै

    आर्थीकसंसार संवाददाता१२ चैत, २०७९
    २५८ पटक
    १२ चैत, २०७९

    काठमाडौं । प्राइम कमर्सियल बैंकले धितोमा राखिएको घरजग्गा र सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
    बैंकको भरतपुर शाखा कार्यालय चितवनबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
    ऋणी अर्मान कन्स्ट्रक्सन प्रालिले लिएको कर्जा वापत दिनेश कुमार चौधरीको नाममा खैरहानी ९ चितवन स्थित कित्ता नम्बर ७६८ को ०–१०–११ विघा, हेमना चौधरीको नाममा रहेको कित्ता नम्बर ९७१ को ०–८–११.५ विघा र शकुरा महतोको नाममा रहेको कित्ता नम्बर ८४७ को ०–११–३ विघा क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । साथै, बैंकको नाममा दर्ता भएका बा २ क ९२०४ नम्बरको ग्रेडर मेसिन, बा २ क ८५९४ नम्बरको केश कम्प्याक्टर, ना ८ ख ५९४७ नम्बर र ना ८ ख ५९४८ नम्बरका टाटा टिप्पर बिक्रीमा राखेको हो ।
    यस्तै, ऋणी नताशा निर्माण सेवाका प्रोप्राइटर ईश्वर रिमालको नाममा चितवन स्थित कित्ता नम्बर ४०१०, ४००९ को क्रमशः ०–०–१८–० र ०–०–५–० क्षेत्रफल भएको जग्गा, जमानीकर्ता रामेश्वरी रिमालको नाममा रहेको कित्ता नम्बर २७८५, १०४२ र १३७९ को ०–१–७.२५–०, ०–०–१०–० र ०–०–१०–० क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चेका घर बिक्रीमा राखेको हो । साथै, बैंकको नाममा दर्ता रहेको प्र नं.१–०१–००३–क ५६९३ नम्बरको एक्जाभेटर बिक्रीमा राखेको छ ।
    यस्तै, ऋणी हिरोज कन्स्ट्रक्सनका प्रोप्राइटर वचन कार्कीले कर्जा लिएवापत जमानीकर्ता श्रीया पौडेलको नाममा दर्ता कायम कित्ता नम्बर १४९८ को ०–१–१७.५, सूर्य बहादुर कार्कीको नाममा दर्ता कायम कित्ता नम्बर ५४१३ र १७३८ को क्रमशः ०–०–१३ र ०–१–२ विघा क्षेत्रफल भएको जग्गा र सिता कुमारी कार्कीको नाममा दर्ता रहेका जग्गा र जग्गाले चर्चेको घर पनि लिलाम बिक्री गर्ने भएको हो ।

     

    प्रतिकृया दिनुहोस्