News Portal

  • नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पायो पूर्णता

    आर्थीकसंसार संवाददाता१० चैत, २०७९
    २२० पटक
    १० चैत, २०७९

    काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो ।
    कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई नियुक्त गरेको छ । जसमध्ये सञ्चालक जोगाई र पौडेल गत चैत १ गते नै नियुक्त भएका हुन् भने रायमाझी भने चैत ९ गते इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक जोगाई (संस्थापकतर्फबाट) अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल (सर्वसाधारणतर्फबाट) श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् ।
    सो दिन अपरान्ह बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, नवनियुक्त तीन जना सञ्चालकले चैत ९ गते बिहीबार नै आफ्नो पद तथा गोपनियताको शपथ समेत लिइसकेको कम्पनी श्रोतले बतायो ।
    यसअघि कम्पनी सञ्चालक समितिमा अध्यक्षमा लक्ष्मण पौडेल, सञ्चालकमा चन्द्र सिंह साउद र सविता श्रेष्ठ जोशी) थिए । र, रिक्त रहेको बाँकी पद पुरा गर्न कम्पनीले थप तीन जनालाई नियुक्त गरेको हो । यससँगै, कम्पनीको सञ्चालक समितिमा ६ जनाको टीम बनेको छ ।

     

    प्रतिकृया दिनुहोस्