News Portal

  • ग्लोबल आइएमई बैंकले ल्यायो एक रुपैयाँ फोन जित्ने योजना

    आर्थीकसंसार संवाददाता५ चैत, २०७९
    २६२ पटक
    ५ चैत, २०७९

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् ।
    बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना यहि चैत्र ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहनेछ । यस योजनाको अन्त्यमा, बैंकको डेबिट क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत एक रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये एक जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले एक रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।
    बैंकको यस योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्श) ई प्रवर्द्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्