News Portal

  • सिद्धार्थ इन्स्योरेन्सको नाफा बढेसँगै ईपीएस २१ रुपैयाँ, अन्य सूचक कस्ता छन् ?

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७९
    २९८ पटक
    २३ माघ, २०७९

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४.४० प्रतिशत बढेर १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क २५ प्रतिशत बढेर ७५ करोड १४ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३४ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    यस्तै, ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.२३ प्रतिशत घटेर ३० करोड ६८ लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षका् सोही अवधिमा कम्पनीले ३३ करोड ४३ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
    समिक्षा अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४० करोड १६ लाख रुपैयाँ, कूल दाबी भुक्तानी ५९ करोड ९३ लाख ८३ हजार रुपैयाँ र भुक्तानी हुन बाँकी रकम १ अर्ब ३७ करोड ११ लाख १५ हजार रुपैयाँ रहेको छ ।
    पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेर १ अर्ब ४० करोड ३९ लाख २० हजार रुपैयाँ, जगेडा कोष १७ प्रतिशत बढेर २८ करोड १४ लाख ३१ हजार रुपैयाँ, बीमा कोष १ अर्ब २५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र महाविपत्ति कोष २२ प्रतिशत बढेर १० करोड १९ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
    समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.९९ रुपैयाँ रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २१६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्