News Portal

  • संचय काेषले दुर्घटनामा ज्यान गुमाएका संचयकर्ताकाे हकवालालाई रु‍. ५२ लाख दिंदै

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७९
    ३४५ पटक
    १२ माघ, २०७९

    काठमाण्डाै‌ । कर्मचारी स‌ंचय काेषले दुर्घटनामा परेर ज्यान गुमाएका २६ जना संचयकर्ताकाे हकवालालाई सामाजिक सुरक्षा सुविधावापत ५२ लाख रूपैयाँ भुक्तानी गर्ने भएकाे छ । काेषकाे ४८९ र ४९० औं बैठकले २०७८ जेठ महिना यता विभिन्न दुर्घटनामा परेर ज्यान गुमाएका २६ संचयकर्ताकाे परिवारलाई जनही पूर्व घाेषित सामाजिक सुरक्षा सेवा कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे ।

    काेषले सार्वजनिक गरेकाे सूचना अनुसार दुर्घटनामा परेर अकालमै ज्यान गुमाएकामध्ये १० जना सुरक्षाकर्मी, ७ जना शिक्षक, ४ जना कर्मचारी र अन्य सहित २६ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्