News Portal

  • रिलायबल नेपाल लाइफले संचालनमा ल्यायो डायनामिक क्युआर पेमेन्ट सिस्टम

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७९
    २५८ पटक
    १२ माघ, २०७९

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहक वर्गहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई–सेवा सँगको सहकार्यमा यस्तो सिस्टम संचालनमा ल्याएको हो ।
    यस सेवा सुचारु गरेसँगै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै दोस्रो जीवन बीमा कम्पनी बनेको छ । हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने कम्पनीले जनाएको छ ।
    अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका देशै भरिका विभिन्न शाखा तथा उपशाखा कार्यालयहरु बाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्