News Portal

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो २ अर्ब बढी नाफा, ब्याज आम्दानी ७४ प्रतिशत बढ्दा ईपीएस कति ?

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७९
    ४१३ पटक
    १२ माघ, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा २८.४४ प्रतिशत बढेर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७३.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ, सञ्चालन नाफा २३.८८ प्रतिशत बढेर २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ९४ करोड ८४ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
    मर्जर पश्चात् बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ, जगेडा कोष २३ अर्ब ५५ करोड १ लाख २६ हजार रुपैयाँँ, निक्षेप संकलन ३ खर्ब ५५ अर्ब २३ करोड ६२ लाख ७ हजार रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
    समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.६१ रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.७४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.०८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.९१ रुपैयाँ रहेको छ ।
    बैंकको खराब कर्जा बढेर ३.७१ प्रतिशत पुगेको छ । बैंकको सीडी रेसियो ८७.२४ प्रतिशत र आधार दर १०.५० प्रतिशत रहेको छ ।
    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक बीच गत पुसमा एकीकृत कारोबार भएको हो । मर्जरपश्चात् दुवै बैंकको पहिलो वित्तीय विवरण हो ।

     

    प्रतिकृया दिनुहोस्