News Portal

  • नेशनल माइक्रोफाइनान्सले घोषणा गर्यो बम्पर लाभांश

    आर्थीकसंसार संवाददाता९ माघ, २०७९
    ३९५ पटक
    ९ माघ, २०७९

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आज माघ ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीले हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्