काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा भोलि माघ ९ गते आयोजना गर्ने भएको छ । कम्पनीको पुस १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजे होटल लि हिमालय लाजिम्पाटमा हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लेखापरीक्षक सहितको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गर्नेछ ।
त्यस्तै, कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३१ प्रतिशत नगद गरि कुल ६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव लाई अनुमोदन गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षकको नियुक्ति र नीजको पारीश्रमिक निर्धारण गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम कपनीको प्रबन्धपत्र र नियमावली समय सापेक्ष रुपमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो बमोजिम फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको थियो । त्यसकारण आज पुस २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
आइएमई जनरलको एजिएम भोलि, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?
आर्थीकसंसार संवाददाता८ माघ, २०७९
८ माघ, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न