काठमाडौं । नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि प्रारम्भिक सहमति दिएको छ । दुई बीमा कम्पनीले पुस २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
प्राधिकरणकै सहमतिमा अजोडले प्रभु इन्स्योरेन्स सँगको मर्जर प्रकृयाँ रद्द गरेको थियो । प्रभुले अजोडलाई ६० प्रतिशत मात्रै दिन खोजे पछि युनाइटेड र अजोड विच १००:९० को अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ ।
मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड रहनेछ । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भने अजोडकै हुने छन् । दुई कम्पनी विचको मर्जर सम्मानजनक नदेखिए पछि मर्जर भाडिएको प्राधिकरणले समेत सहमति जनाएको छ ।
बीमा प्राधिकरणले दुई कम्पनीलाई गत पुस २९ गते प्रारम्भिक सहमति सहितको पत्र दिएको हो । अव दुई कम्पनीले मर्जरका लागि आवस्यक कानुनी प्रकृयाँ अगाडी बढाउने छन् । सबैभन्दा पहिला मर्जरको लागि डिडिए गराउनु पर्नेछ । डिडिए पछि मर्जरको विशेष प्रस्ताव विशेष साधारणसभा आह्वान गरेर सहमति लिनु पर्नेछ ।
आर्थीकसंसार संवाददाता३ माघ, २०७९
३ माघ, २०७९