News Portal

  • अपि पावरले १ करोड ६५ लाख हकप्रद शेयर निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता३ माघ, २०७९
    ५५९ पटक
    ३ माघ, २०७९

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ः०.४० को अनुपातमा हुन आउने १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीको २०७९ माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
    कम्पनीले जारी गरेको उक्त हकप्रद भने विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भए पश्चात कम्पनीको आर्थिक वर्ष २०७८ ०७९ को १९ औं वार्षिक साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । जसपश्चात नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपश्चात मात्र हकप्रद शेयर निष्काशन तथा बिक्रि गरिने कम्पनीले जनाएको छ ।
    हाल कम्पनीले नौगाड गाढ जलविद्युत आयोजना मार्फत ८.५ मेगावट, अप्पर नौगाड गाढ जलविद्युत आयोजनाबाट ८ मेगावट, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाबाट ४ मेगावट, ढल्केवर सौर्य विद्युत आयोजनाबाट १ मेगावट र सिमरा सौर्य विद्युत आयोजनाबाट १ मेगावट विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाहरुको संचालनका लागि लिएको कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ऋणमोचनका लागि कम्पनीले हकप्रद शेयर निष्काशनको तयारी गरेको हो ।

    प्रतिकृया दिनुहोस्