News Portal

  • राजकुमारीले जन्मदिनमा नातिनीलाई दिइन् २० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२७ पुस, २०७९
    २८१ पटक
    २७ पुस, २०७९

    काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।
    यसैबीच विरेन्द्रनगर सुर्खेतकी राजकुमारी पाण्डेले आफ्नो जन्मदिनको अवसरमा नातिनी श्रीयाना भण्डारीलाई बीमा पोलिसी उपहार दिएकी हुन् । उनले आइएमई लाइफ इन्स्योरेसको बाल उज्जल बीमा योजना दिएकी हुन् । उनले नातिनीलाई २० लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

    प्रतिकृया दिनुहोस्