काठमाडौं । नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको कार्यकाल थप्न अनुमति दिएको छ । उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न अनुमति प्रदान गरेको हो ।
भट्टराईको कार्यकाल यहि पुस १७ गते सकिएको थियो । कम्पनीको सञ्चालक समितिले गत २३ गते नै प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्ति गर्ने निर्णय गरेको थियो । तर प्राधिकरणको अनुमति आउनु पर्ने भएकाले अहिलेसम्म नियुक्त गर्न सकेको थिएन ।
आज प्राधिकरणले पुनः नियुक्त गर्न अनुमति दिए सँगै कम्पनीलाई अवको चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बाटो खुलेको हो । बैंकिङ र बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव हासिल गरेका भट्टराइईलाई पहिलाको भन्दा केहि तलब सुविधा थप हुने गरी अनुमति दिएको हो । महालक्ष्मी लाइफको स्थापनाकालदेखि नै सक्रिय भट्टराईलाई दोस्रो कार्यकाल पनि सुम्पिएको छ । प्रभु लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका कारण उनको नियुक्तिमा प्राधिकरणले केहि ढिलाइ गरेको हो ।
उनले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रमा झण्डै चार दशकको कार्य अनुभव रहेको छ । उनीले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष र महालक्ष्मी लाइफमै ४ वर्ष सहित २६ वर्ष भन्दा बढि समय भन्दा बढी अवधि कार्य गरेका छन् । यसरी चार दशकको अवधिमा भट्टराईले साढे दुई दशक सिइओकै पदमा रहेर काम गरिसकेका छन् ।
महालक्ष्मी लाइफका सिइओ भट्टराईको कार्यकाल थप्न प्राधिकरणले दियो अनुमति
आर्थीकसंसार संवाददाता२५ पुस, २०७९
२५ पुस, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न