इलाम । सुर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको इलाम शाखाले अभिकर्ता पुनर्ताजगी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम मेची रिजनका रिजनल म्यानेजर नारायण ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
इलामको फुलगाछि स्थित खुसि महलमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जना भन्दा धेरै अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै रिजनल म्यानेजर ओझले साबिक सुर्या लाइफ र ज्योति लाइफ अब सुर्यज्योति लाइफ भएर प्रकाश छर्ने बताउँदै आगामी दिनहरुमा यस कम्पनीले बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएका छन् ।
साथै, उनले बीमितहरुलाई बीमाको माध्यमबाट आर्थिक जोखिम र बीमाको आवश्यकताहरु अभिकर्ताको माध्यमबाट जाने भएकाले अभिकर्ताहरु सचेत भएर सही ढङगबाट निष्ठावान भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रम मा उत्कृस्ट अभिकर्ता लाइ स्किम बितरण र पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रमको संचालन कमल राइले गरेका थिए भने भिम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर सुनिल देउला , लोक श्रेष्ठ , सुबास राइ हेमन्त घिमिरे, अम्बिका कार्की लगायतको उपस्थिति रहेको थियो ।
सुर्यज्योति लाइफद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
१७ पुस, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न