आर्थीकसंसार संवाददाता१३ पुस, २०७९
१३ पुस, २०७९काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ। कम्पनीको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार नेप्सेले फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । सोहीअनुसार कम्पनीको शेयर आजदेखि कारोबार हुनेछ ।
यो कम्पनी र महालक्ष्मी लाइफ एक आपसमा गाभिने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्रभु लाइफको शेयर असार ३१ गतेदेखि रोक्का थियो ।