काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।
महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए ।
उक्त कार्यक्रम पुस ११ गते लक्ष्मी केसिको अध्यक्षतामा सम्पन्न शुभारम्भ र तालिम कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि , महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी दिई आय आर्जनको लागि यो कार्यक्रम अवसरको रुपमा रहेको बताए।
कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्र राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि महालक्ष्मी लाईफको कार्यक्रम निकै नै प्रभावकारी हुने जानकारी दिए ।
कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफ सँग सहकार्य गरेर जान तैयार रहेको जानकारी दिए ।
महालक्ष्मी लाईफको रुकुम पश्चिम मुसिकोटका प्रमुख व्यूँझना पुन देवकोटाले संचालन गरेको कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्व उपाध्यक्ष इन्दिरा ओलि, वडा नं ३ का वडा अध्यक्ष जगदीश नकाल, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु समेत ६० जनाको उपस्थिति रहेको थियो ।
रुकुममा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१२ पुस, २०७९
१२ पुस, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न