News Portal

  • रिलायन्स लाइफले बीमालेख धितो कर्जामा बढायो ब्याज, पुसदेखि नै लागू हुने

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७९
    ३१२ पटक
    २९ मंसिर, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जामा वार्षिक १२ प्रतिशत ब्याज दिने भएको छ । इन्स्योरेन्सले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै सो मात्राको ब्याज दिने भएको हो ।
    यसअघि बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर १० प्रतिशत थियो ।
    कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर बढाएको जानकारी गराएको छ । उक्त सूचना अनुसार नयाँ ब्याजदर आगामी पुस १ गतेदेखि लागू हुने छ ।
    साथै, इन्योरेन्सले आफुले लिएको कर्जा, उक्त कर्जामा लागेको ब्याज रकम समयमा नै भुक्तानी गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्