News Portal

  • प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७९
    ३०२ पटक
    २८ मंसिर, २०७९

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो ।
    कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
    कम्पनीले लाभांश वितरणको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका इन्स्योरेन्सका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्