News Portal

  • मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७९
    ५३० पटक
    १७ मंसिर, २०७९

    काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको सम्पन्न गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी रबीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए ।
    वाकाथन कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागिसमाजमा बीमा सचेतना फैलाउनु रहेको थियो । मेटलाइफका सञ्चालन प्रमुख श्री देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने ‘देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपुर्ण छ ।’
    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ । मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ ।’

     

    प्रतिकृया दिनुहोस्