News Portal

  • एनआईसी एशियाले विश्वकप खेलको सही विजेता अनुमान गर्नेलाई २ हजार रुपैयाँ दिने

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७९
    ३३८ पटक
    १६ मंसिर, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।
    यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने ग्राहक मध्ये प्रत्येक खेलमा ५ देखि १० जनाले ५०० देखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।
    साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ ।
    २० लाख पटक भन्दा बढी डाउनलोड भैसकेका एनआइसी एशिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् ।
    काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।
    यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्