News Portal

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे सम्पुर्ण बैंकिङ काराेबार नेपाल बैंकबाट हुने

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७९
    २९७ पटक
    १६ मंसिर, २०७९

    काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पुर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने भएको छ ।
    उक्त सम्झौतामा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गरेका थिए ।
    नेपालभर २२६ शाखाहरु, १९९ ए।टि।एम। साथै ५० एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्