News Portal

  • सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदूरपश्चिम अभियान

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७९
    ५१२ पटक
    १६ मंसिर, २०७९

    काठमाडौं । सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको बताएको छ ।
    डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने डिजिटल इको सिस्टमको विकास गर्नुपर्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए । दैनिक जीवनयापनको लागि आवश्यक उपभोग्य बस्तुहरुको कारोबार डिजिटलमा गर्न उनले आग्रह गरे ।
    नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पानी पूरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजिटल रुपमा क्यूआर मार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरेकी हुन् ।
    डेपुटी गभर्नर डा.निलम ढुंगानाले डिजिटल पेमेन्टलाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताईन् । उनले आफूले डिजिटल सुदूरपश्चिमको सुरुवात गर्न पाउँदा खुसी लागेको बताईन् । समग्र राष्ट्रमा डिजिटल पेमेन्टको अभियान चलाउन सकिए सबै कारोबारहरु पारदर्र्शी हुने उनको भनाइ छ । साथै नोट छाप्नका लागी विदेशीने रकम पनि घट्ने उनले बताईन् ।
    महेन्द्रनगरको डिजिटल सुदूरपश्चिम कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले डिजिटल पेमेन्टलाई सर्वसुलभ बनाउन आवश्यक रहेको बताए । उनले बिभिन्न महसुल तिर्दा समयको सदुपयोग र राष्ट्रको उत्पादकत्व बढाउन सकिने उनले बताए ।
    सिभिल बैंकले २०१९ अगस्टदेखि सुरु गरेको नगद रहित अभियान देशका दुर्गम र प्रमुख सहरहरु गरी ४० हजार भन्दा बढी क्यूआर मर्चेन्टहरु आवद्ध रहेको बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्