News Portal

  • एभरेष्ट बैंकको १३ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७९
    ३१६ पटक
    १३ मंसिर, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
    नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात् बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।
    बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव सहित बैंकले मंसिर २६ गते २८ औँ वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे बोलाएको छ ।

     

    प्रतिकृया दिनुहोस्