News Portal

  • कुमारी बैंकको सेयर कारोबार फुकुवा, कति छ सेयर मूल्य ?

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७९
    ३९६ पटक
    ९ मंसिर, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेककोसेयर कारोबार फुकुवा गरेको जनाएको छ ।
    नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
    मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले गत असोज ११ गतेदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का रहेको थियो । दुई बैंकबीच गत असोज १० गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
    दोस्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ रहेको छ । सोही मूल्यका आधारमा आइतबार बजारमा कारोबार हुनेछ ।

     

    प्रतिकृया दिनुहोस्