News Portal

  • कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७९
    ३३५ पटक
    ८ मंसिर, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
    मंसिर ८ गते सूचना जारी गर्दै कम्पनीले आगामी ३५ दिनभित्र उल्लेखित कित्ता शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूलाई आवेदन पेश गर्न आग्रह गरेको छ ।
    इच्छुक खरीदकर्ताहरूले तोकिएको मितिभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति कित्ता शेयर खरीद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्