News Portal

  • गरिमा विकास बैंकले भव्य रुपमा मनायो वार्षिकोत्सव

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७९
    २४१ पटक
    ८ मंसिर, २०७९

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं वर्षमा प्रवेश गरेको छ । बैंकले १६औं बार्षिकोत्सवको अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले आफ्नो वार्षिकनेत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
    बैंकले १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको अवसरमा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी , नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ।
    बैंकले विगत वर्ष जस्तै यस वर्ष पनि वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके, बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम गरिएको र जम्मा ६१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ ।
    काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले १२१ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्