News Portal

  • कुमारी बैंकको ऋणपत्र सूचीकृत

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७९
    ३२९ पटक
    २८ कार्तिक, २०७९

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३० लाख थान ऋणपत्र कार्त्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो ।
    ‘१० प्रतिशत केबीएल डिबेन्चर २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै कार्त्तिक २९ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
    बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्