News Portal

  • कुमारी बैंकको १२.५० प्रतिशत लाभांश आज पारित

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    २४१ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा आज कात्तिक २१ गते सोमबार हुँदैछ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको थियो । सोही निर्णय अनुसार आज बैंकको साधारण सभा बस्ने भएको हो ।
    बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।
    यस्तै, बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
    यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकले सभामार्फत मर्जरसम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्नेछ ।
    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १४ गते एक दिन बुक क्लोज गरेको थियो । मर्जर प्रयोजनार्थ असोज ११ गतेदेखि बैंकको सेयर कारोबार भने रोक्का रहेको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

     

    प्रतिकृया दिनुहोस्