Skip

News Portal

  • बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना चाडपर्वपछि पनि निरन्तरता

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७९
    ४१३ पटक
    १५ कार्तिक, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्वको अवसरमा ल्याएको २५ प्रतिशत नगद फिर्ता योजनालाई चाडपर्वपछि पनि निरन्तरता दिने भएको छ । बैंकले चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको हो ।
    बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु। १५० सम्मको नगदफिर्ता पाउने छन् । यस नगदफिर्ता योजना २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म मात्र रहने बैंकले जनाएको छ ।
    ग्राहकहरुलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५५ सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ । विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको जनाएको छ ।
    बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्